एमकेजी (MKG)  ब्राण्ड नेपालमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005...)
November 24, 2018

भारतको सुप्रसिद्ध व्यवसायी घराना रजत ग्रुप अफ कम्पनिज अन्तर्गतको निर्माण सामग्री एमकेजी ब्राण्डको बिक्रि बितरण अब नेपालका लागि दुगड अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स् प्रा.लि.ले गर्ने भएको छ ।
आधिकारिक बिक्रेता भए लगतै अब दुगड ब्रदर्स एण्ड सन्स् प्रा. लि. ले स्मार्ट प्रबिधिबाट छिटो र गुण्स्तरीय ढङ्गले मजबुदिलो निर्माण कार्यलाई मुर्त रुप दिने कुरामा निश्चिन्त रहेको देखिन्छ ।

दुगड ब्रदर्स एण्ड सन्स् प्रा.लि.ले नेपालमा ५ किसिमका निर्माण उपकरण भित्र्याएको छ, कंकृट उपकरण, स्टिल बेन्डिङ्ग र कटिङ्ग मेसिन, पेसेन्जर कम मेटरियल एलिभेटर, रोलर, लाईट उपकरण तर्पm कङ्कृट भाइब्रेटर, ट्रावेल, स्याण्ड स्क्रिनिङ्ग मेसिन २०७५-०८-०६ गते देखी २०७५-०८-०८ सम्म भक्तपुरमा सन्चालन हुने ३ दिने Con Mac Nepal 2018 मा सहभागिता जनाउदै ह्याङ्गर बि. बि २१८ स्टलमा सोही Con Mac Nepal को पहिलो दिन एमकेजीको लन्चिङ्ग कार्यक्रममा एम्. भि. दुगडका कार्यकारी अध्यक्ष मोतिलाल दुगड, एमकेजी भारतका उपाध्यक्ष रबिन्द, बङ्गार र एमकेजी नेपालका हेड अफ अपरेशन शम्भु कर्नले संयूक्त रुपमा लन्च गर्नुभएको हो ।
देशव्यापी रुपमा एम्. भि. दुगडले ३४ वटा शाखाहरुबाट एमकेजीको बिक्री बितरण शुभारम्भ गरिएको हो ।