एकपटकको चार्जले १०० देखि २००  किलोमिटरसम्म गुड्ने इलेक्ट्रीक स्कुटर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 13, 2018

 

मियाची कर्पोरेशन जापनिज कम्पनीले रिसर्च, कन्टोलर र बडी स्ट्रक्चर डिजाईन गरी निर्माण गरिएको मियामा इलेक्ट्रीक स्कुटर नेपालका लागि निकै उपयोगी रहेको छ । एकपटकको चार्जले १०० देखि २०० किलोमिटरसम्म गुड्ने इलेक्ट्रीक स्कुटर सम्भवत नेपालमै पहिलोपटक भित्रिएको हुनुपर्छ । सबै दृष्टिकोणबाट यो स्कुटर अत्याधिक राम्रो छ । यो स्कुटर १५०० देखि २००० वाटसम्म रहेको छ । थोरै समयमा फुल चार्ज गर्न सकिने भएकाले यसको प्रयोग जो कसैका लागि पनि उपयोगी हुने कुरामा कम्पनीको बिश्वास रहेको छ । हामीले ग्राहकवर्गहरुलाई बिक्री भन्दा पनि बिक्री पछिको सेवालाई निकै प्राथामिकतामा राखेर अगाडी बढिरहेका छौं ।

नाडा अटो शोमा सबै ग्राहकवर्गहरुका लागि हामीले जानकारी दिने टेष्ट ड्राइभ गराउने ग्राहक प्रतिक्रिया लिने लगायतका क्रियाकलापहरु गरिरहेका छौं । विभिन्न भेरियण्टमा हामीले उपलब्ध गराएका स्कुटरले पक्कै पनि ग्राहकवर्गहरुको मन जित्न सक्नेछ । मियामा इलेक्ट्रीक स्कुटर संचालक  समीर यादवले बताए ।