इसुजु डी म्याक्सले पायो ५ स्टार रेटिंङ
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
February 27, 2020

इसुजुको नयाँ गाडी डी म्याक्स पिकअपले एसियन एनसिएपि क््रयास परीक्षणमा ५ स्टार सेफ्टी रेटिंङ प्राप्त गरेको छ । यस गाडीले वयस्कको सुरक्षामा ८३.१६ अंकमा ४२.७२ अंक र बालकको सुरक्षामा २१.८३ अंक प्राप्त गरेको छ । यसले सेफ्टी असिस्ट टेक्नोलोजीका लागी १८.६१ अंक प्राप्त गरेको छ । यस अघि २०१४ मा इसुजु डी म्याक्स एजेन्सीले ४ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको थियो ।

यसमा डुअल एयरब्याग, एन्टिलक ब्रेकिंग प्रणली र सिटबेल्ट रिमाइन्डर प्रणली रहेको छ । गाडीमा २४९९ सिसिको डिजेल ईन्जिन पाउनु हुन्छ । जसले ३६०० आरपिएममा १३४ बिएचपि पावर प्रदान गर्छ भने १८०० आरपिएममा २९४ एनएम टर्क पावर जेनेरेट गर्दछ । यसको टप स्पिड १७५ किमि. परआवर रहेको छ ।

EMAIL:info@eautonepal.com