आफ्नै अल्टोलाई पक्षाउदै सुजुकी स्विफ्ट, ग¥यो २० लाख माथिको व्यापार
Auto Nepal
November 27, 2018

मंसिर ११, काठमाडौं । मारुति सुजुकी स्विफ्टले आक्रामक रुपमा आफ्नो बजार बढाएको छ । भारतीय बजारमा यस वर्ष मात्र २० लाख माथिको व्यापार गर्दै स्विफ्टले बजार तताएको हो ।

स्विफ्टको यहि रेसियोमा व्यापार भईरहे अबको केही समयमानै यसले आफ्नै मारुति सुजुकी अल्टोको रेकर्ड तोड्ने व्यवसायीहरुको भनाई छ ।
गत वर्ष मात्र भारतीय बजारमा ३५ लाखको व्यापार गर्दै मारुति सुजुकी अल्टोले रेकर्ड राखेको थियो । यो नै भारतीय बजारमा अहिले सम्मकै अधिक ठूलो परिमाणमा विक्रि भएको कार हो ।
भारतीय बजारमा संसारकै सबैभन्दा लोकप्रिय ब्रान्ड सुजुकीलाई नै मान्ने गरिन्छ ।
सन् २००५ पहिलो पटक भारतमा मारुति सुजुकी स्विफ्ट लञ्च भएको थियो । फष्ट जेनेरेशनको स्विफ्ट सन् २०१० को सेप्टेम्बर सम्म आईपुग्दा करिब एक लाख युनिट व्यापार भएको थियो । त्यसपछि सन् २०१३ सम्म आईपुग्दा स्विफ्टले आफ्नो दोस्रो जेनेरेशनमा बजार विस्तार गर्दै १.५ मिलियन युनिट व्यापार गर्न सफल भयो । यसैको आधारमा भारतीय बाजरमा मारुति सुजुकीलाई तिब्रतर व्यापार गर्न सफल ब्राण्ड भन्ने गरिन्थ्यो । त्यो यसका पछिल्ला उदाहरणहरुले पनि पुष्टि गरेका छन् ।
मारुति सुजुकीका पहिलो र दोस्रो पुस्ताका स्विफ्ट माईलस्टोनको आक्राम व्यापारपछि कम्पिनी यसैको तेस्रो पुस्ताको बजारीकरणमा लाग्यो । यसैको प्रतिफल स्वरुप आज स्विफ्ट नयाँ ईतिहास रच्दै छ ।
हाल मारुति सुजुकी स्विफ्ट पेट्रोल र डिजेल दुवै इन्जिन उपलब्ध छन् । जसमा ५ गेयर बक्समा म्यानुअल र अटोमेटिक्स दुबै अप्सनको ट्रान्मिसन रहेको छ ।