आधुनिक टेक्नोलोजी मार्फत सुरु भयो काठमाडौंको सरसफार्इ,
Auto Nepal
September 16, 2018

भदौ ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरसफाईका लागि आधुनिक प्रविधिको प्रयोग गर्ने भएको छ । शनिबारबाट ५ वटा अत्याधुनिक जेट मेसिन सञ्चालनमा ल्याएसँगै काठमाडौंको सफाईमा पहिलो पटक आधुनिकताको प्रयोग भएको हो ।
महानगरपालिकाले युरो४ मापदण्डमा आधारित १३० हर्सपावर क्षमताका ५ वटा जेट मेसिन (भेहिकल) खरिद गरेको छ । उक्त मेसिनहरुको क्षमता ५ हजार लिटर रहेको महानगरपाालिकाले जनाएको छ ।

जसमा एउटै मेसिनमा ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन् । जुन थुनिएको ढल तानेर सानो ट्यांकीमा राखिन्छ भने ठूलो ट्यांकीमा भएको सफा पानीले फोहोर भएको ठाउँमा सफाइ गरिन्छ ।
यो जेट प्रयोगमा आइसकेपछि थुनिएको ढल खोल्दा एउटा जेट फोहोर तान्न र अर्को जेट सफा गर्न जानु पर्दैन । एकै जेटले दुबै काम गर्ने हुँदा सफाईमा सहजता हुनुका साथसाथै मितवियता समेत कायम भएको महानगरपालिकाले जनाएको छ ।
हरेक बर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसरमा पारेर महानगरपालिकाले जेट मेसिनहरु प्रयोगमा ल्याएको हो।
मेसिनमा रहेको हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ पाइप भएकाले ढल खोल्ने काम छिटो गर्न सकिने महानगर पालिकाले जनाएको छ । जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिनेछ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापनप्रति सबैले जिम्मेवारी वोध गर्ने हो थोरै उपकरणले पनि सरसफाइलाई दिगो बनाउन सकिने अवस्थाका वावजुद पनि महानगरले सहर सरसफाइका लागि अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको बताए ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले दिवसमा गरिएको कार्यक्रम र त्यस कार्यक्रममा सहभागी मानिसको संख्या हेरेर नभई त्यसपछि पर्ने प्रभावलाई हेरेर कार्यक्रमको मुल्यांकन गर्नुपर्ने धारणा राखेका थिए ।
महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाईमा विशेष सरसफाइ कार्यक्रम अन्र्तगत रत्नपार्क रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजारसम्मको क्षेत्रमा सफाइ गरिएको थियो ।