आजबाट चितवनका अटो व्यवसायहरु बन्द
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 23, 2020

१० चैत, २०७६

कोरोना भाइरसको कारण सरकारले अत्यावस्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेर आ–आफ्नो स्वास्थ्यमा ध्यान दिन गरेको आग्रहलाई मनन गर्दै चितवन अटोमोबाइल्स एशोसिएसन, चितवन अटोमेकानिक्स टे«ड युनियन, चितवन अटोमोबाइल्स रिकण्डिसन एशोसिएसनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आजबाट सबै व्यवसायहरु बन्द गर्न तीनवटै सस्थाले अनुरोध गरेको चितवन अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष अमृत जोशीले जानकारी दिनुभयो । साथै, संघले अत्यावस्यक सेवा प्रदान गर्ने सवारीसाधनको हकमा भने आवस्यक सजगता अपनाएर सेवा दिन भनेको छ ।
एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारीसाधन मर्मत गर्नुपरे मास्क लगाउने, पञ्जा लगाएर काम गर्ने र काम सकिएपछि सावुन पानीले राम्रोसँग हात सफा गर्ने र अल्कोहल बेस्ड सोलुसनको प्रयोग गर्न आफ्ना सम्पूर्ण सदस्यहरुमा आग्रह गरेको छ ।