आजदेखी मियामा स्कुटरले सार्वजनिक सवारी अनुगमन गर्ने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
March 2, 2020

मियामाका स्कुटरको आधिकारिक बिक्रेता मियामा मोटर्सका अध्यक्ष समीर यादवले प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाललाई एक थान अत्याधुनिक इलेक्ट्रिक स्कुटर प्रदान गरेको छ । सो स्कुटरले आजदेखी सार्वजनिक सवारी साधनमा राखिने गरेको आरक्षण सिट अनुगमन गर्नेछ ।
स्कुटरलाई विभिन्न प्रकारका आकस्मिक बत्ती तथा साईरन राखेर हस्तान्तरण गरेको छ । झट्ट हेर्दा खेरी आकर्षक देखिने उक्त मियामा स्कुटर सेतोमा निलो रङ्गको छ । मियामाका इलेक्ट्रिक स्कुटरहरु पछिल्लो समय निकै नै रुचाइएको स्कुटर हो । यो स्कुटर सस्तोमा राम्रो भएको ग्राहकहरु बताउँछन् ।
ट्राफिक प्रहरीको मेस भवन शिलान्यास कार्यक्रममा मियामाका स्कुटरको आधिकारिक बिक्रेता मियामा मोटर्सका अध्यक्ष समीर यादवले प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाललाई एक थान अत्याधुनिक इलेक्ट्रिक स्कुटर प्रदान गरेको छ ।