आगामी असोज पहिलो साता ‘नेपाल रोड रेसिङ्ग च्याम्पेन्सिप २०१८’ आयोजना हुने
PRAYASH SHRESTHA
September 4, 2018

भाद्र १९, काठमाडौं । यहि आउदो असोज ६ गते ‘नेपाल रोड रेसिङ्ग च्याम्पेन्सिप २०१८’ आयोजना हुने भएको छ । नेपाल अटोमोबाईलस् एसोसियसन (नासा) को समन्वयनमा मोटरसाईकल स्र्पोट नेपाल (एमएसएन)को आयोजनामा उक्त रोड रेसिङ्गको आयोजना हुने भएको हो ।
रेस असोज ६ गते टिआर न्युँ पार्किङ्ग एरियाँ सिनामंगलमा हुने आयोजक संस्था एमएसएनले जानकारी दिएको छ ।
उक्त रेसिङ्गमा ४० जना प्रतिसप्रदीलेहरुले भाग लिन पाउने छन् भने, रेसमा १५० र २०० सीसीको स्ट्रिट बाईकको प्रयोग गर्नु पर्ने एमएसएनका अध्यक्ष तथा रेस आयोजक टिमका संयोजक विनोद तण्डुकारले जानकारी दिएका छन् ।
सो च्याम्पेन्सिप रेसमा प्रथम, द्धितिय र तृतीय हुनेहरुलाई नगद सहित आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम रेसिङ्ग बाईकले नगद रु ३०,००० (तीस हजार) पाउने छ भने, दोस्रो र तेस्रो हुनेले क्रमशः २०,००० (बिस हजार) र १०,००० (दश हजार) सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
नेपाल रोड रेसिङ्ग च्याम्पेन्सिप २०१८ मा प्रथम हुने एक प्रतियोगिलाई आउदो अन्तराष्ट्रिय रोड रेसिङ्ग च्याम्पेन्सिपमा समेत भाग लिनपाउने सुवर्ण अवसर प्रदान गरिने अध्यक्ष तण्डुकारले बताएका छन् ।
अहिले उक्त रोड रेसिङ्ग च्याम्पेन्सिपमा भाग लिनेहरुको धमाधम फर्म दर्ता कार्य संचालन भईरहेको छ ।