आइसरका कमर्सियल गाडीको लोकप्रियता
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
June 27, 2019

विकासशील नेपालमा निर्माण सामग्रीको ठूलो मात्रामा ओसारपसार भइरहेको हुन्छ । विभिन्न ब्रान्डका ट्रक, ट्रिपर र मिनीट्रकहरुले नेपालको निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । नेपालमा रहेका विभिन्न ब्रान्डका ट्रक र ट्रिपरमध्ये थोरैले मात्र उत्कृष्ट सेवा दिएको र केहीले उपभोक्तालाई दुःख दिएको उनीहरुको गुनासो छ । उपभोक्ताको रोजाइका आधारमा भन्नुपर्दा थोरै राम्रा ब्रान्डमध्येको अब्बल ब्रान्ड हो आइसर । नेपालमा आइसरका ट्रक, बस, मिनिट्रक र ट्रिप्पर प्रशस्त मात्रामा देख्न पाइन्छ । यसका आधारमा आइसरले नेपालमा लोकप्रियता र विश्वसनीयता हासिल गरेको छ भन्दा फरक पर्दैन । आइसर गाडीको उत्पादन भल्बो र आइसर कम्पनीको जोयन भेन्चरमा भएको हो ।

आइसरको नेपालका लागि एकमात्र वितरक इस्टर्न एजेन्सिज प्रा.लि.का सिनियर म्यानेजर रघुनाथ पौडेलले दिएको जानकारीअनुसार भल्बो कमर्सियल गाडीका लागि ग्लोबल एक्सपटिज हो । प्रोडक्ट टेक्नोलोजीमा यसले विश्वलाई नै लिड गरेको छ । भल्बो भन्नेबित्तिकै विश्वमै यसलाई कमर्सियल गाडीको उत्पादक भनेर चिन्छन् । त्यस्तै आइसर कमर्सियल गाडीमा लिडर गरिरहेको इन्डियन कम्पनी हो ।