आइसरका कमर्सियल गाडीको लोकप्रियता
Auto Nepal - Nepal's No. 1 Auto Magazine, Since 2005...
July 14, 2019

विकासशील नेपालमा निर्माण सामग्रीको ठूलो मात्रामा ओसारपसार भइरहेको हुन्छ । विभिन्न ब्रान्डका ट्रक, ट्रिपर र मिनीट्रकहरुले नेपालको निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन् । नेपालमा रहेका विभिन्न ब्रान्डका ट्रक र ट्रिपरमध्ये थोरैले मात्र उत्कृष्ट सेवा दिएको र केहीले उपभोक्तालाई दुःख दिएको उनीहरुको गुनासो छ । उपभोक्ताको रोजाइका आधारमा भन्नुपर्दा थोरै राम्रा ब्रान्डमध्येको अब्बल ब्रान्ड हो आइसर । नेपालमा आइसरका ट्रक, बस, मिनिट्रक र ट्रिप्पर प्रशस्त मात्रामा देख्न पाइन्छ । यसका आधारमा आइसरले नेपालमा लोकप्रियता र विश्वसनीयता हासिल गरेको छ भन्दा फरक पर्दैन । आइसर गाडीको उत्पादन भल्बो र आइसर कम्पनीको जोयन भेन्चरमा भएको हो ।

आइसरको नेपालका लागि एकमात्र वितरक इस्टर्न एजेन्सिज प्रा.लि.का सिनियर म्यानेजर रघुनाथ पौडेलले दिएको जानकारीअनुसार भल्बो कमर्सियल गाडीका लागि ग्लोबल एक्सपटिज हो । प्रोडक्ट टेक्नोलोजीमा यसले विश्वलाई नै लिड गरेको छ । भल्बो भन्नेबित्तिकै विश्वमै यसलाई कमर्सियल गाडीको उत्पादक भनेर चिन्छन् । त्यस्तै आइसर कमर्सियल गाडीमा लिडर गरिरहेको इन्डियन कम्पनी हो । अहिले आइसरले फ्रोगल इन्जिनियरिङ प्रविधिको प्रयोग गरी कम लागतमा गाडीको उत्पादन गर्छ र धेरै उत्पादकत्व दिन्छ । त्यस्तै यो इन्जिनियरिङले गाडीको जीवनभरिको लागतलाई कम गर्छ र गाडीको रिपेयरिङ सिस्टमलाई पनि सरल बनाउँछ । आइसरले उत्पादनलाई प्रभावकारी बनाउन केही सिस्टर कन्सर्नको स्थापना गरेको छ, जसमा आइसर ट्रक बस इन्जिनियरिङ, भल्बो ट्रक डिपार्टमेन्ट, इन्जिन डिपार्टमेन्ट, बस बडी, एप्लिकेसन म्यानुफ्याक्चरिङ, इन्जिनियरिङ सोलुसन, आइसर इन्जिनियरिङ कम्पोनेन्टलगायतका परक–फरक विभागहरु छन् ।

आइसरको इन्जिन विभागले अहिले BS-VI सम्मका इन्जिन उत्पादन गरेको छ । जुन इन्जिन युरोप, अमेरिका र अफ्रिकामा पनि प्रयोग हुन्छ । आइसरले उत्पादन गर्ने इन्जिन भल्बो बराबरको हुन्छ तर इन्डियामा उत्पादन भएको हुनाले भल्बोले उत्पादन गरेको इन्जिनभन्दा केही सस्तो पर्न आउँछ । आइसरले इन्जिन बनाउँदा भौगोलिक विशेषतालाई पनि ध्यान दिएर बनाएको हुन्छ, जसले गर्दा नेपालको हिमाली क्षेत्रजस्ता स्थानमा पनि इन्जिन बन्द हुने समस्या हँुदैन । त्यसैले नेपालमा छोटो समयमा आइसर बिक्रीको हिसाबले दोस्रो स्थानमा पुगेको पौडेलले जानकारी गराउनुभएको छ । आइसरको उत्कृष्ट प्रविधि र पर्फमेन्सले यो स्थानमा पुगेको र चाँडै यसले लिड गर्ने पौडेलको दाबी छ । आइसरले हरेक गाडीहरु प्रो एक्टिभ, प्रोफेसन, प्रोफिटेबल, प्रोमिस, प्रस्परिटी र प्रोडक्टिभिटीजस्ता ब्रान्ड फिलोसोफी प्रयोग गरेर उत्पादन गरेको छ ।

यो कम्पनीले वर्षमा लाइट मिडियम (LMD) र ठूला (HD) गाडीहरु गरेर कुल १ लाख गाडीको उत्पादन गरिरहेको छ । यो कम्पनीका सम्पूर्ण गाडीलाई बतास अर्गनाइजेसनको सिस्टर कन्सर्न इस्टर्न एजेन्सिज प्रालिले नेपालमा वितरण गरिरहेको छ । वितरक कम्पनीले बढीमा २ सय किलोमिटरको दूरीमा सर्भिस नेटवर्क स्थापना गरेर सेवा दिइरहेको छ । यो कम्पनीले सबैतिर पुग्ने गरी सर्भिस भ्यान राखेको छ । त्यस्तै २ सय ४१ पार्ट्स पसलमार्फत जेन्युइन सामानको बिक्री गरिरहेको छ । उपत्यका र उपत्यका आसपास यसले बिक्री केन्द्रका अतिरिक्त सर्भिस सेन्टरहरुको स्थापना गरेको छ भने उपत्यकाबाहिर सर्भिस सेन्टर र गाडीको बिक्री केन्द्र एउटै स्थानमा राखेको छ । यो कम्पनीले आइसरका २.५ टनदेखि ६० टनसम्म बोक्न सक्ने कमर्सियल गाडी वितरण गरिरहेको छ ।

Source: Article@Auto Nepal