अब बजारमा उड्ने कार……
Auto Nepal
October 29, 2018

कार्तिक १२, काठमाडौँ । अब भने बजारमा उड्ने कार उपलब्ध हुने भएको छ । करिब १२ वर्ष लामो अथक प्रयासपछि वैज्ञानिक तथा प्राविधिकहरुले विश्वकै पहिलो उड्ने कार तयार पारेका हुन् । यसको निर्माण ‘हाइब्रिड–इलेक्ट्रिक’ कार निर्माता भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो।
अब छिट्टै बजारमा यस उड्ने कारको विक्री वितरण सुरु हुदै छ । कार निर्माता कम्पनि टेर्राफुगियाले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ खुल्ला गर्दैछ । तर ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने बताईएको छ ।
एक मिनेटभन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको छ । यस अघिदेखिनै कम्पनीले हलुका स्पोर्ट बाहनहरुको उत्पादन गर्दै आएको छ। संचार माध्यमहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन। तर, एउटा कारको अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर सम्म पर्न सक्ने जनाइएको छ।

सन् २००६ मा निर्माण थालेको कम्पनिले तीन वर्षपछि बल्ल यसको पहिलो परिक्षण उडान गरेको थियो। त्यसपछि कारको परिक्षण र परिमार्जन कम्पनीले सँगसँगै जारी राखेको थियो। पहिले दुईजना मात्र यात्रु बोक्ने गरी बनाइएको यो कारमा अहिले चारजना सम्म अट्ने गरी विकसित गरिएको छ।
टेर्राफुगियाका अनुसार यो कारले १६० किलोमिटरप्रतिघन्टाको वेगमा ६४० किलोमिटरसम्म उडान भर्न सक्छ। बजारमा उपलब्ध हुने बेलासम्म यसमा थप सुधार र परिमार्जन गरिने कम्पनीले जनाएको छ। यो कारमा उड्नका लागि दुईटा पखेटा जडान गरिएको छ, जसको तौल १३ सय पाउण्ड रहेको छ। यसमा ल्याण्डिङ गियर फिक्ड गरिएको छ। यो अधिकतम १० हजार फिट उचाईमा उड्न सक्छ।
यो कार ड्राईभ गर्न अन्य कारमाझैं चालकको आवश्यकता पर्दैन । यात्रा शुरु गर्नुअघि कारमा जडित कम्प्युटरमा यात्रुले आफ्नो गन्तव्य टाइप गर्नुपर्छ। त्यसपछि कारले आफैं गन्तव्यमा पु¥यादिन्छ। तर उपभोक्ताहरुले यस कार प्रयोगका लागि सवारी चालक अनुमतिपत्र(लाइसेन्स) मात्रै दिएर पुग्दैन । चालकले विमान चालकको लाइसेन्स समेत लिनु पर्ने हुन्छ।

अमेरिकास्थित फेडरल एभिएसन एड्मिनिस्ट्रेसनद्वारा दुई वर्षअघि नै यो कारले एउटा हलुका ‘स्पोर्ट एयरक्राप्ट’ का रुपमा मान्यता प्राप्त गरिसकेको छ। यसले राष्ट्रिय राजमार्ग गुड्ने गरी ट्राफिक सुरक्षा मापदण्ड समेत पुरा गरिसकेको छ। साना विमानस्थलमा अवतरण गर्न र घरसम्म सजिलै ड्राइभ गर्न सक्ने भएकाले उपभोक्ताले बढी रुचाउने दाबी गरिएको छ।

‘टिएफ–एक्स’ नाम दिइएको यो कारमा चारजनासम्म अटाउन सक्ने गरी बनाउने योजना कम्पनीको छ। यो कारको विशेषताबारे कम्पनीले भनेको छ, ‘टीएफ–एक्सलाई उडान भर्न र अवतरण गर्न कुनै विमानस्थलको आवश्यकता पर्दैन, यो सबै खालको सडक र राजमार्गमा गुड्न सक्छ। यसले डोर–टू–डोर पारवहनको सुविधा समेत दिन सक्छ।’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) क्रिस ज्यारानले जुलाईमा भनेका थिए, ‘यो नयाँ प्रविधिको विकासले धेरै खालको यन्त्रहरु तथा त्यसलाई उन्नत बनाउन सहयोग पुगेको छ। धेरै पटकको परिक्षणपछि परिमार्जित गर्दै बजारमा ल्याउने तयारी गरेका हौं।’ उपभोक्ताहरुले खरिद गरेर आ–आफ्नो घरमा लग्ने बेलासम्म यसलाई थप उन्नत र सुरक्षित बनाउने योजना आफूहरुको रहेको ज्यारानले बताए।

‘टिएफ–एक्स’ले स्वचालित रुपमा अन्य एयर ट्राफिक, खराब मौसम र प्रतिबन्धित तथा टावर–नियन्त्रित एयरस्पेसबाट आफूलाई सुरक्षित राख्न सक्षम छ। यो बाहनमा जडान गरिएको ब्याट्री यसको इन्जिनबाट रिचार्ज हुने या विद्युतिय कार चार्जिङ स्टेशनमा रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
रनवे नचाहिने र चालकको पनि आवश्यकता नपर्ने भएकाले व्यापारिक र आकस्मिक प्रयोजनमा यो कार कोशेढुंगा सावित हुने विश्वास कम्पनिको रहेको छ।

रनवे नचाहिने, चालकको पनि आवश्यकता नपर्ने भएकाले व्यापारिक र आकस्मिक प्रयोजनमा यो कोशेढुंगा सावित हुने विश्वास लिइएको छ।
यसका साथै कम्पनीले निकट भविष्यमा नै कार्गो र यात्रु सेवाका लागि टिएफ–२ समेत ल्याउने तयारी गरेको जनाएको छ।