अबको प्रयोग, विश्वकै पहिलो थ्रीडी मोटरसाईकल ‘नारा’
Auto Nepal
November 27, 2018

मंसिर ११, काठमाडौं । आधुनिक समय र बढ्दो टेक्नोलोजिको विकाससँगै अब मोटरसाईकलमा पनि नयाँ प्रयोग हुने भएको छ । त्यो हो थ्रीडी मोटरसाईकल ।
पहिलो पटक थ्रीडी कन्सेप्टमा निर्माण गरिएको मोटरसाईकलको न्वारन भने ‘नारा’ गराईएको छ । जुन नाम नयाँ युगमा नयाँ गरि उत्पादन गरिएकाले न्यू ईराबाट नारा व्युत्पन्न गरिएको हो ।

नारा थ्रीडी प्रिन्टेड मोटरसाइकल हो । कतिपयले यसको खास अर्थ खोजीरहेका छन् । यो साच्चैकै प्रयोग योग्य मोटरसाइकल हो की मात्र प्रिन्टेड ?
नारामा इलेक्ट्रनिक्स बाहेक सबै चीज थ्रीडी कन्सेप्टमा डिजाईन गरिएको छ । यसको अतिरिक्त मोटरसाइकलको टायरमा समेत थ्रीडी लुक्स प्रदान गरिएको छ । नाराको बडी, फ्रेम, सन्सपेसन, लाईटदेखि साईजमा समेत थ्रीडी अनुभूती प्रदान गरिएको छ । तर यो एक वास्तविक उत्पादन मोडेल भने होइन ।
यो त केवल थ्रीडी मेकरहरुको योजना र यसको परामर्श समूहहरुका लागि तयार पारिएको एक दुई पाङ्ग्रे मोटरसाइकलको विज्ञापन हो। जुन हालैमात्र नौलाबले सार्वजनिक गरेको हो । तर यसको खोज अनुसन्धान र प्रयोग भने भइरहेको छ ।
नारा जस्तै आकर्षक टायर, कार्यात्मक एकीकरण र सम्मिलित सेन्सर प्रविधि सहितको मोटरसाइकल विकास निमार्ण र प्रयोगमा आफुहरु लागेको नौलाबका सह–संस्थापक तथा प्रबन्ध निर्देशक दानियल बुनिङ्गले बताएका छन् । ‘यो बाइक र हाम्रो अन्य प्रोटोटाइप ईन्जिनियरिङ् रचनात्मकताले नयाँ आविष्कार दिने लक्ष्य लिएको छ ।’ यस्तो कन्सेप्टसँगै अब मोटरसाइकलमा पनि थ्रीडी प्रयोगलाई मुर्त रुप दिने कम्पनीले बताएको छ । आशा गरौं, अब हामीले छिटै बजारमा थ्रीडी मोटरसाईकल पाउन सक्छौं ।