अप्रिलियाको सय राईडर चित्लाङ्गमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
December 25, 2019

नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एम भी दुगड़ ग्रुप अन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रा. लि.ले शनिवार राईड टु चित्लाङ्ग २०१९ सम्पन्न गरेको छ । नक्साल स्थित अप्रिलियाको स्वरुमबाट शुरु गरि चित्लाङ्गको अर्गानिक भिलेज रिसोर्टमा पुगी विभिन्न मनोरञ्जनात्मक खेल सहित कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त राईडको फ्ल्याग अफ दुगड़ व्रदर्श एण्ड सन्स प्रा.लि.का भाईस प्रेसिडेण्ट विजय कुमार महत्तोले गर्नु भएको थियो ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भका लागि नेपालको प्राकृतिक रमणिय स्थल मध्ये एक मानिने सुन्दर चित्लाङ्ग गाउँको प्रवद्र्धनका निमित्त उक्त राईड आयोजना गरिएको थियो ।

नेपालको टु ह्विलर्सको ईतिहासमा सम्भवतः पहिलो पटक १०० जना भन्दा बढी क्रेताहरुलाई नाईट आउट राईडमा लगिएको हो । युवा जमातले अत्याधिक रुचाइएको अप्रिलिया ब्राण्डको स्कुटरको उक्त राईडलाई मार्शल सागर थापा र विभव कार्कीले नेतृत्व गरेका थिए । सवारी चलाउँदा धैर्यता, अनुशासन र अनुभव चाहिने हुदाँ मार्शलद्वयले उक्त १०० जनाको समूहलाई प्रोत्सान गर्दै चित्लाङ्गसम्म पु¥याएका थिए । उक्त कार्यक्रमका एक सय राईडरका लागि कुशल व्यवस्थापन ब्राण्ड मेनेजर करुणा पुडासैनीे र उनको टिमले गरेका थिए । राईडरहरुलाई चित्लाङ्गमा साँझ विभिन्न खेल खेलाई विजयताहरुलाई पुरस्कार दिनुका साथै विभिन्न विधामा अवार्ड पनि वितरण गरियो ।