अन्य कारभन्दा फरक एस–प्रेसो
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
November 19, 2019

 

 

करण चौधरी
कार्यकारी निर्देशक, सीजी मोटोकर्प

 

नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले सार्वजनिक गरेको एसयूभी कार हो एस–प्रेसो ।

उपयुक्त मूल्य, उच्चस्तरीय सुविधा र नयाँ प्रविधि तथा डिजाइन यो कारको विशेषता भएको दाबी कम्पनीले गरेको छ । आकर्षक लूक्स, सुरक्षा लगायतलाई समेत ध्यानमा राखेर यसको निर्माण गरिएको छ । एस–प्रेसो विशेष सुरक्षा प्राथमिकतामा राखेर बनाइएको छ । यसको डिजाइन फरक भएकाले सडकमा पनि अन्य कारभन्दा यो फरक देखिन्छ, जसकारण सजिलै यो कारलाई चिन्न सकिन्छ ।

बलियो र सुरक्षित बनाउन कारमा ४० प्रतिशत चिल्लो स्टील प्रयोग गरिएको छ । कारमा ९९८ सीसीको बीएस–६ मापदण्डमा आधारित के–टेन इन्जिन प्रयोग गरिएको कम्पनीले बताएको छ । ३३६६ मिमी लम्बाइ र १५२० मिमी चौडाइ रहेको यो कार १५४९ मिमी र १५६४ मिमी गरी दुई उचाइको विकल्पमा उपलब्ध छ । यसले ५५०० आरपीएममा ५० किलोवाट पावर र ३५०० आरपीएममा ९० एनएम टर्क उत्पादन गर्दछ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

Photo: File Picture@FB