अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित  टाटा टियागो
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
August 30, 2018

नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ लिमिटेडले नेपाली बजारमा ल्याएको टाटा टियागो नेपाली माटो र बाटो सुहाउँदो आर्कषक सवारी साधन हो । ह्याचब्याक सेग्मेन्टमा उत्कृष्ट टियागो हालै विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित पनि भइसकेको कारणले गर्दा नेपाली बजारमा पनि यसको डिमान्ड अत्याधिक भईरहेको, साथै यसका प्रयोगकर्ताको संख्यामा उच्च दरले वृद्धि भईरहेको कम्पनीले बताएको छ ।
ह्याचब्याक सेग्मेन्टमा यो स्पोर्टी लुक्सको कार भएकाले शहरी सडकमा र लङ्ग डेस्टिनेसनका लागि टियागो आरामदायी एवम् उपुयुक्त रहेकोे कम्पनीले दाबी गरेको छ ।
टियागो स्ट्राइकर ब्लु, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्सप्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट र प्लानिस सिल्भर गरी छ आकर्षक कलरमा उपलब्ध रहेको छ ।
एक्जष्ट, एक्सई, एक्सजेड र स्टाइल संस्करणको टियागो, टाटाका नेपालभरीका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको छ ।

डिजाइन
टाटा टियागोको नयाँ संस्करण आकर्षक बडी विथ सार्पलाइन, क्रोम ह्यान्डल, निटेड फ्याब्रिक, कलर हार्मोनी, ड्युल टोन, इन्टिरियलसहित लायर्ड डिजाइन थिममा निर्माण गरिएको छ । कारमा प्रयोग गरिएको कस्टुमाइजेसन एयर भेन्टेसजस्ता फिचर्सले गर्दा कार झन् आधुनिक एवं आकर्षक देखिएको छ । इन्जिन म्यानेजमेन्ट सिस्टम जडान गरिएको टियागोमा सिटी र ईको जस्ता आधुनिक मल्टी ड्राइभ मोडसहित डिजाइन गरिएकोले गर्दा यसको एक इन्जिनले नै डबल इन्जिन बराबरको काम गर्छ ।

सुविधा
यो कारमा नयाँ जेनेरेसनको हरमन प्रविधिको कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम प्रयोग गरिएको छ ।

इन्जिन
टियागो ११९९ सीसी पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । जसले ८४ बिएचपी शक्ति पैदा गर्छ । यसले २३.८४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

मूल्य
नेपाली बजारमा टाटा टियागोको मूल्य जेनेरेसन अनुसार २४ लाख ९५ हजारदेखि २८ लाख ९५ हजारसम्म रहेको छ ।