अत्तरिया, कैलालीमा यामाहाको नयाँ डिलर
Auto Nepal
November 15, 2018

नेपालको लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले कैलालीस्थित अत्तरियामा नयाँ डिलर सञ्चालनमा ल्याएको छ । एमएडब्लूले शुभकोटी मोटर्स प्रा.लि. मार्फत यस क्षेत्रका यामाहका ग्राहकका लागि ‘थ्री एस सर्भिस’ (सेल्स, सर्भिस, स्पेयर पार्टस्) सुविधा सुरु गरेको हो ।

डिलरको उद्घाटन यामाहा डिभिजन प्रमुख कार्यकारी अधिकृत चिरञ्जिवी शाहले गरेका थिए भने शुभकोटी मोटर्सबाट ग्राहकले थ्री एस सर्भिस सहित यमाहाका लोकप्रिय मोटरसाइकल र स्कूटरको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै शुभकोटी मोटर्सका प्रवन्ध निर्देशक समुद्र भण्डारीले नयाँ सोरुम सञ्चालनमा आए लगत्तै यामाहका सबै सर्भिसहरु सोही क्षेत्रमा सुलभताका साथ प्राप्त गर्न सकिने दाबी गरेका थिए ।