अटो शोमा पहिलो पटक हार्ले डेभिडसन बाइक
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 12, 2018

अटो शोमा पहिलो पटक नेपाली बजारमा हार्ले डेभिडसन बाइक ८८३ मोडल नाडा अटो शोमा प्रदर्शन भएको छ ।

कम्पनीका अनुसार अटो शोलार्इ लक्षित गरेर हालको लागी एउटा मोडल प्रर्दशन तथा बिक्रि गर्ने भएको छ । ग्राहकको माग र छनोट अनुसार नयाँ मोडलका बाइकहरु ल्याउदै जाने कम्पनीले बताएको छ । नेपाली बजारमा आइरन ८८३ चारवटा कलरमा उपलब्ध रहेको छ । कम्पनीले नाडा अटो शोमा दुर्इवटा बाइक प्रर्दशनमा राख्ने भएको छ ।

हार्लेको आर्इरन ८८३ बाइकमा ८८३ सीसी क्षमताको एयर कुल्ड एफआइ डबल सिलिन्डर इन्जिन रहेको छ । यसले ५५०० आरपीएममा ५० बीएचपी पावर तथा ३५०० आरपीएममा ७० एनएम टर्क जेनेरेट गर्छ । फ्रन्ट तथा रियरमा  २९२ एमएमको डिस्क ब्रेक रहेको यो बाइकमा १९ इन्चको रेडियल अलोय ह्वील रहेको छ । १४० एमएमको ग्राउन्ड क्लियरेन्स रहेका आइरन ८८३ को २५६ केजी तौल रहेको छ ।

२० किलोमिटर प्रतिलिटर माइलेज दिने यो बाइकमा १२.५ लिटरको फ्युल ट्याङक रहेको छ भने रिर्जभमा २.६५ लिटर फ्युल रहने छ । आइएमई अटोमोटीभ्सले अमेरिकी बाइक हार्ले डेभिडसनको आधिकारिक वितरकको रुपमा यो बाइक नेपालमा भित्र्याएको हो । यो बाइकको मुल्य ४५ लाख ८५ हजार तोकिएको छ ।

आइएमर्इ अटोमोटीभ्स अन्तर्गतको हार्ले डेभिडसन युनिटका जनरल मेनेजर उज्वल जोशीका अनुशार नाडा अटो शोको अवसरमा यस बार्इकमा ८५ हजार छुटको अफर रहेको छ ।