अटो एक्सपोमा मर्सिडीज ए एम जि GT 63
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
February 6, 2020

अटो एक्सपो २०२० मा मर्सिडीजले पनि २.४२ करोड भारु पर्ने गाडी एम जि GT 63 लन्च गरेको छ । उक्त गाडी हेर्दा धेरै स्टाईलिस्ट, धेरै फिचर र धेरै कन्फटेवल बनाइएको छ । जम्मा ४ सिट मात्र रहेको यो गाडी भित्रि भाग एकदम ठूलो र आरामदायी रहेको छ ।
यसको इंजिन ४.० लि. को रहेको छ । यसको हर्षपावर 639hp र यसले 900Nm. को टर्क जेनेरेट गर्दछ । यो गाडी लाई ०–१०० किमि. पर आवरको स्पीड पुग्न जम्मा ३.२ सेकेन्ड लाग्दछ, त्यसैले ‘ए एम जि GT 63’ गाडी मर्सिडीको फास्टेज गाडी मध्ये एक हो । यसको टप स्पीड ३१५ कि. पर आवर रहेको छ । यसमा ४६१ लिटरको बुटस्पेस छ ।