प्रिती आले र डिआर सुजनको गाईजात्रे कर दोहोरी ‘लाखौं कर तिर्दा पनि सरकारले विकासै गरेन….

भाद्र ७, काठमाडौं । प्रिती आले र डिआर सुजनको नयाँ गाईजात्रे कर दोहोरी गीत ‘लाखौं कर तिर्दा पनि सरकारले विकासै गरेन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । हालैमात्र गीतकार तथा मोडल डिआर सुजन र चर्चित गायिका प्रिती आलेको सुमधुर स्वरमा उक्त व्यङ्ग्यात्मक म्युजिक भिडियो नेपाली बजारमा आएको हो । धुन नेपाल र स्काइमुन मिडियाको सहकार्यमा वर्तमान समयमा देश ब्यापी रुपमा निकै चर्चामा रहेको बिषयलार्इ समेटेर नेपालमै पहिलो पटक गाइजात्रे कर दोहोरी गीत आएको हो । यस म्यजिक भिडियोमा पछिल्लो समय बजारमा निकै चर्चामा रहेको बिषय ‘कर’ को यथार्थ अवस्थालाई व्यंगात्मक तरिकाले चित्रण गर्न खोजिएको छ । यस गीतलार्इ डिआर सुजनले निर्देशन गरेका छन् भने गायनमा उनलाई प्रिती आलेले साथ दिएकी छिन् । म्युजिकभिडिओमा सोहेम सुजन र आलेको मुख्य भूमिकामा सगर रेग्मी ,सन्तोष लामिछाने,बिमल छिनाल,तारा पाण्डे र अमृता लामिछाने अभिनय रहेको छ । यस म्युजिक भिडियोको छायांकन पछिल्लो समय निकै चर्चामा आएका छायाँकार बासु बराल ले गरेका छन् भने सम्पादन सम्पूर्ण फिल्मस का सम्पादक प्रकाश एस.केले गरेका हुन् । नेपाली जनतालार्इ पहिला कर तिर्न सक्ने बनाउ अनि मात्रै कर उठाउ भन्ने संदेशमुलक सो गीतको शब्द र संगीत डिआर सुजनलेनै गरेका छन् । यस्तो रहेको छ डिआर सुजन र प्रिती आलेको गाईजात्रे कर म्युजिक भिडियो